भोटेकोशीको बहाव बढेर थामे गाउँमा क्षति
सोलुखुम्बु | साउन ३२, २०८१
सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेस्थित रहेको भोटे कोशीमा अचानक बहाव बढेपछि यहाँ क्षेति भएको छ ।
आज दिउँसो भोटेकोशीको बहाव बढेर थामे क्षेत्रमा रहेका तीनवटा घर बगाएको छ भने एक होस्टेल र चार/पाँचवटा घर जोखिममा रहेको कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो ।
यो पनि पढ्नुहोस
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थाम्बुचे र इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको वरिष्ठ प्रहरी उपरीक्षक दाहालले जानकारी दिनुभयो ।
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...
पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...
लेखनाथ: एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ । संस्थागत सामाजि...


